११ पुस,काठमाडौ । चोट लागेको ठाँउमा चिसोले सेक्ने वा तातोले सेक्ने भन्ने कुरा दर्द अनुसार फरक–फरक हुन्छ । तसर्थ कुन दुखाईमा कुन सेकाई गर्ने भन्ने कुरा जान्न आवश्यक छ ।  कुन दुखाईमा केले सेक्ने ?
१. चोट वा मोचका कारण शरिर सुन्निएको छ भने बरफले सेक्नुपर्छ
२. अर्थराइटिसको समस्या हुदा तातो चिजले सेक्नुपर्छ, यसले रक्त प्रबाहलाई सहज बनाउँछ ।
३. टाउको दुख्दा ठन्डा पानीमा भिजाएको कटनको पट्टी टाउकोमा राख्ने, यसले दिमागको दुखाई कम गर्छ र शान्त बनाउछ ।
४. गर्दन दुख्दा तातोले सेक्नुपर्छ, तातोले सेक्दा गर्धनको मांशपेशीलाई आनन्द प्रदान गर्छ ।
५. आँखा दुख्दा जहिले पनि चिसो पानीले सेक्नुपर्छ । चिसो पानीमा कटनको कपडा भिजाएर आँखा सेक्नुपर्छ । यसले आखाको थकान र दर्द न्यून गर्छ ।
६. ढाड दुख्दा गरम चिजले सेक्नुपर्छ, यसले रक्त प्रबाहलाई सुधार्नुका साथै ढाड दुख्न कम गर्छ
७. मांशपेशी दुखेको ठाउमा गरम चिजले सेक्नुपर्छ, यसले माशंपेशीलाई आनन्द प्रदान गर्छ ।

प्रतिकृया

प्रतिकृया