११ पुष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन उल्टाउने कोशिस भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

माओवादीका नेता तथा सांसद् भक्तिप्रसाद पाण्डेको जीवनयात्रा पुस्तक ’चाचा’ विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी शक्ति फुट्दा र परिवर्तन पक्षधर शक्ति कमजोर बन्दा परिवर्तन उल्टाउने कोशिस भइरहेको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘ बलियो नेतृत्व नहुने हो भने अराजकता फैलिने खतरा बढेको छ । तर, देश अब २०४६ सालतिर फर्किँदैन । परिवर्तनलाई संस्थागत गर्न सबै माओवादी शक्ति तथा परिवर्तन पक्षधर शक्ति एक ठाउँ उभिनुपर्छ ।’

प्रतिकृया

प्रतिकृया