१५ पुस,काठमाडौ । अमेरिकाले राष्ट्रपतिय चुनावमा हस्तक्षेप गरेको भन्दै ३५ जना रुसी कूटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन दिएको छ । रुसी कूटनीतिज्ञलाई ७२ घण्टा भित्रै अमेरिका छोड्न निर्देशन दिइएको विविसीले जनाएको छ ।

उनीहरुलाई परिवारसहित ७२ घण्टा भित्र अमेरिका छोड्न निर्देशन दिइएको हो । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले गएको नोभेम्बरमा भएको राष्ट्रपतिय चुनावमा डेमोक्राटिक पार्टीकी हिलारी क्लिन्टन हार्नुमा रुसको हात रहेको आरोप लगाउँदै आउनु भएको छ ।

तर रुसले भने आरोपको खण्डन गर्दै आएको छ । अमेरिकाले राष्ट्रपतिय चुनावमा रुसले ह्याक गरेको भन्दै उ माथि थप प्रतिबन्ध लगाउने तयार समेत गरेको छ ।

प्रतिकृया

प्रतिकृया