१६ पुष, पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको शनिबार हुने पहिलो चरणको दोस्रो खेलमा साइनो स्पोर्टिङ क्लब मोरङ ११ र कर्ण सिंह सोनाम स्मृती क्लब ताप्लेजुङ भिड्दै छन् ।

दिउँसो दुई बजेदेखि हुने खेलबाट विजयी हुने टिमले क्वाटर फाइनलको स्थान पक्का गर्नेछ ।

ताप्लेजुङ साबिक विजेता टिम हो । मोरङ ११ भने फाल्गुनन्द गोल्डकप प्रतियोगितामा पहिलो पटक सहभागी हुँदैछ ।

साविक विजेता टिम ताप्लेजुङसँग मोरङ ११ को मैदानमा उत्रने भएकाले शनिबारको प्रतियोगिता निकै रोचक हुने अनुमान गरिएको छ ।

प्रतिकृया

प्रतिकृया