१६ पुष, काठमाण्डौँ । महामनगरीय प्रहरी परिसर काठमाडौंले अंग्रजी नयाँ वर्षको लागि सुरक्षा योजना तय गरेको छ ।

नयाँ वर्ष मनाउने क्रममा रक्सी खाएर झैझगडा गर्ने, चोरी तथा लुटपाट गर्नेमाथि कडा निगरानी बढाउने प्रहरीले जनाएको छ ।

सुरक्षा कायम गर्ने परिसर ठूलो मात्रामा प्रहरी परिचालन गरिसकेको महानगरीय प्रहरी परिसरका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले जानकारी दिए ।

प्रहरीले मोबाइल गस्ती, सिआरभी, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालनदेखि सिसीटिभीमार्फत पनि गस्ती गरिने जनाएको छ । अंग्रजी नयाँ वर्षमा विशेष गरी ठमेल तथा दरबार मार्ग आसपासलाई लक्षित सुरक्षा योजना बनाएको कार्कीले जानकारी दिए ।

यदि कसैले हुलदङ्गा गर्ने, झैझगडा गर्ने तथा महिलामाथि दुव्र्यवहार गर्ने गरेको पाइएमा उनीहरुको नयाँ वर्ष प्रहरी हिरासतमा बित्ने उनले जानकारी दिए ।

त्यस्तै नयाँ वर्षमा रक्सी खाएर गाडी चलाउनेलाई कडा कारबाही गर्ने भन्दै महानगरीय ट्राफिक प्रहरी कार्यालयले पनि विशेष तयारी गरेको जनाएको छ । महाशाखाले पनि सादा पोशाकमा ठूलो मात्रामा प्रहरी परिचालन गरेर अनुगमन गर्ने जनाएको छ ।

प्रतिकृया

प्रतिकृया