१८ पुस, काठमाडौं । ओलिभर जिराउडको उत्कृष्ट गोलको मदतमा आर्सनलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । र, इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले १७ औं मिनेटमा जिराउडको गोलबाट अग्रता लिएको थियो । उनले स्कोर्पियन किकमा गोल गरेका हुन् ।

५६ औं मिनेटमा इवोबीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । खेलमा थप गोल हुन सकेन र आर्सनल २–० ले विजयी भयो । यो जितसँगै १९ खेलबाट ४० अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ र लिग लिडर चेल्सीभन्दा अंकले पछाडि छ ।

प्रतिकृया

प्रतिकृया