२० पुष, काठमाण्डौँ । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई जोखिममुक्त बनाउन स्थायी संयन्त्र बनाउने भएको छ।

महासंघका अध्यक्ष महेन्द्र विष्टले पत्रकारहरुलाई जोखिम मुक्त बनाउन स्थायी संयन्त्र बनाउने तयारी भइरहेको जानकारी दिए। उनले राष्ट्रिय मानव अधिकार आयोगसँग समन्वय गरेर पत्रकारहरुलाई जोखिममुक्त बनाउने संस्थागत संरचना तयार हुने पनि स्पष्ट पारे।

काठमाडौंमा भएको अध्यक्ष विष्टले प्रेस स्वतन्त्रताको रक्षा गर्न पनि स्थायी प्रकृतिको अनुगमन संयन्त्र बनाउनु परेको पनि उल्लेख गरे। उनले सञ्चार माध्याम विरुद्ध शारीरिक, मानसिक तथा भौतिक हिंसामा कमी नआएको उल्लेख गर्दै त्यसलाई नियन्त्रणमा लिन पनि आफूहरु लागि पर्ने बताए।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले नेपाली संचार माध्यामले परिवर्तनको नेतृत्व नभई नागरिकलाई सचेत बनाउने गरी समाचार सम्प्रेषण गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए।

उनले नागरिकलाई सत्य तथ्य बारे जानकारी गराउन सञ्चार माध्याम लागि नपरेसम्म प्रेस स्वतन्त्रताको रक्षा हुनै नसक्ने पनि उल्लेख गरे।

प्रतिकृया

प्रतिकृया