२३ पुष, काठमाण्डौँ । सञ्जय लिला भन्सालीको फिल्म देवदासमा शाहरुख खान र ऐश्वर्या रायको जोडीले खुबै प्रशंसा बटुलेको थियो ।

उनै भन्सालीले यो जोडीलाई फेरि एकैसाथ पर्दामा उतार्ने तयारी गरिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार भन्साली अहिले साहिर लुधियानवीमाथि फिल्म बनाउन जुटिरहेका छन् । यो फिल्ममा शाहरुख र ऐश्वर्याको पुनर्मिलन गराउने उनको तयारी छ । फिल्मको नाम गुस्ताखियाँ राखिने चर्चा चले पनि फाइनल भइसकेको छैन । फिल्ममा शाहरुखले साहिरको र ऐश्वर्याले अमृता प्रीतमको भूमिका निभाउने छन् ।

यस फिल्मको तयारीका लागि शाहरुखले गजल पढ्न सुरु गरेकिा छन् तर ऐश्वर्याले अहिलेसम्म फिल्ममा अभिनय गर्न लागेको बारे मुख खोलेकी छैनन् । एउटा अबार्ड फङ्सनमा उनलाई यस फिल्मको बारेमा प्रश्न सोधिएको थियो तर उनले कुनै जवाफ नदिएर टारिन् । ऐश्वर्याको मौनताले फिल्मप्रतिको कौतुहलता झनै बढाएको छ ।

प्रतिकृया

प्रतिकृया