२३ पुस,काठमाडौँ । सुनसरी जिल्लाको लौकही–२ स्थित संचालित रहेको राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ७ मा अध्यनरत १४ वर्षिया बालिका कुमारी यादवलाई मंसिर २१ गते बिहान ७ बजे बलात्कार गरि हत्या गरेको र महिनौं बितिसक्दा पनि हत्यारालाई खोजि गरि कार्यबाही गर्न नसकेको भन्दै नौ विद्यार्थी संगठनले आज गृहमन्त्री बिमलेन्द्र निधिलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

उनिहरुले उक्त विषय उपर संयुक्त बिद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै पीडितले न्याय पाउनुपर्ने माग गरेको छ । ज्ञापनापत्र बुझ्दै मन्त्री ज्ञवालीले राधा हत्याबारे आफु जानकार रहेको र प्रहरीले त्यसको अनुसन्धान गरिरहेको बताए । उनले चाँडै हत्याराको खाजी गरेर सार्वजनिक गर्न आफुले निर्देशन दिएको पनि उनले बताए ।14

यसैगरी फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष कपलेश्वर यादवले गृहमन्त्रीले चासो देखाएको र आफु राधाहत्या प्रकरण चाँडै नै बाहिर आउने बताए । साथै उनले दोषीको सार्वजनिक गरी कडा भन्दा कडा सजाय र पिडितले उचित क्षतीपुर्ति पाउनुपर्ने बताए ।

मधेशी विद्यार्थी फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष कपलेश्वर यादवको अध्यक्षतामा बिहिबार बसेको बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, संयुक्त छात्रा मञ्चबाट सडक भण्डाफोर कार्यक्रम गर्ने, राष्ट्रिय मानव अधिकार र महिला आयोगलाई ध्यानार्षणपत्र बुझाउने, पीडितलाई क्षतिपूर्तिसहित राहत उपलब्धका लागि पहल गर्ने लगायतका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।

प्रतिकृया

प्रतिकृया