सन्तोष कार्की


कमै मात्र जनप्रतिनिधिहरुलाई नजिकबाट चिन्दछु म । रामहरी खतिवडालाई चिन्नुका पछाडी पनि केही संयोगहरु रहे । सञ्चार माध्यममा बढी छाईरहने नाममा उहाँको अनुहार चिरपरिचित नै रह्यो । जनजीविकाका बिषयहरुलाई जोडतोडले सँसदमा उठाईरहँदा उहाँलाई चिनेको छु । राष्ट्रिय एजेन्डाका बिषयहरुमा जुनसुकै बेला पनि उहाँको आवाज सुनेको छु ।

भूकम्पले थिलथिलो बनाईरहँदा पीडितहरुलाई राहत दिनुपर्छ भनेर पटक पटक बोल्ने साँसद खतिवडालाई धेरै पहिले नै मैले सेल्युट गरिसकेको छु ।

नेताहरुको नामसंग आलोचना पनि जोडिने गरेको पाउँछु । तर रामहरी खतिवडालाई चिने देखि नै मैले बुझेको छु की देश र जनताको बिषयमा सँधै चिन्ता गरिरहनेका रुपमा । आफ्नो कर्तब्य र जिम्मेवारीमा सँधै ईमान्दार सांसदका रुपमा खतिवडालाई मैले पढेको छु ।

पदीय गरिमालाई उचाईमा राखिरहन खतिवडा जस्तै साँसदहरुको लगनले समेत पनि भूमिका खेलेको छ ।

सबैभन्दा बढी जिल्ला जाने सासदको नाम पनि हो रामहरी खतिवडा । ओखलढुँगामा गएर उहाँको क्षेत्रमा बुझ्दा पनि हुन्छ, जनतालाई सोध्दा पनि हुन्छ की को हो रामहरी खतिवडा भनेर ।

आफ्नो क्षेत्रका जनताहरुको सानो भन्दा सानो समस्याहरुस देखि हर सुख दुखमा सँगै हुने साँसद हुन् खतिवडा ।

जिल्लामा बिकासका योजनाहरु लाने देखि जनताहरुलाई रोजगारी प्रबन्ध मिलाउने सम्ममा काम भएको छ । सरकारले नै भूकम्प पीडितहरुको चित्त बुझाउन सकेको छैन तर रामहरी खतिवडाले जिल्लाका पीडितहरुलाई सकेसम्म राहत दिएका छन् ।

जिल्लाको स्वास्थ्य, शिक्षा, यातायात, बिजुली लगायतका पूर्बाधारहरुको कुशल ब्यबस्थापक हो उहाँ एक साँसदका रुपमा । जुनसुकै काम पर्दा पनि जनता उहाँलाई सोझै सम्पर्क गर्छन । जनताको दुख पीर र समस्या समाधानका लागि उहाँ जहिल्यै तयार हुनुहुन्छ, उहाँको फोन जनताका लागि सँधै खुल्ला छ ।

आफ्नो जिल्ला र क्षेत्रका जनताहरुको घर घरमा गएर दुख सुखमा संगै भईरहेको भेटिन्छ । बिबाह, ब्रतबन्ध होस् जन्मदिन या रुद्री वा मलामी नै किन नहोस् जनतासंगै हुनुहुन्छ उहाँ।

जिल्लामा नै गएर घरदैलो गरिरहने अनि काठमाडौँ आएको समयमा पनि जनताहरुको सेवामा कहिले अस्पताल त कहिले कता जनताको समस्यामा सँग सँगै भईरहने पात्र हो उहाँ ।

मानिसको चरित्र हल्लाले होईन ब्यबहारले जाँचिन्छ । त्यही ब्यबहारको प्रत्यक्षदर्शीका नाताले यो बेलामा आँखाले देखेको र मनले बुझेको कुरा देशलाई सुनाउन आतुर छु । रामहरी खतिवडा जस्तो साँसद देशले पाएकोमा गर्व गर्दछु ।

नखाएको बिष कहिल्यै लाग्दैन । यो त ब्यक्तिको खास ब्यक्तित्व चिनाउने अवसर पनि हो । अब चिन्नपर्छ देशले रामहरी खतिवडाको राजनीतिक लगन, मेहनत, परिश्रम अनि लगानीलाई ।

देश बनेन भनेर गुनासो मात्र होईन देशका लागि को को आफैँलाई खियाएर पनि लागिरहेका छन् भन्ने कुराको पनि मूल्याङ्कन हुन जरुरी छ । अनि राजनीतिक नेतृत्वका लागि आफूँले गर्नुपर्ने सहयोगर सहकार्यमा पनि सबै जनताहरुले भूमिका निभाउनुपर्छ । सबै मिलेर नै बन्ने हो देश । सबैले देखाएर नै चिनाउने हो उच्च चरित्र र ब्यबहार ।

उहाँ जस्तो नेताको मार्गनिर्देशनबाट नै केही गरौँ भन्ने जाँगर चलेको छ ममा । अब सबै युवाले सम्मान दिने र लिने संस्कारको विकास गर्दै सारा उर्जा मूलुकको विकास र समृद्धिमा लगाऔँ ।

भूपी शेरचनले भने झैँ यतिबेला देश साँच्चै हल्लै हल्लाको भएको छ । अपुष्ट हल्ला प्रायोजित रुपमा कहिँ कतैबाट मच्चाईन्छ भने त्यो क्षणिक बादल मात्र हुनेछ । जब सूर्यको रश्मिले आफैँ जमिनलाई देख्छ तब यतार्थता र सत्यता पुष्टि भईहाल्छ । अनि त दूधको दूध पानीको पानी ।

सम्भावनाको सागरसरी खतिवडाको उचाईले निरन्तरता पाईरहनेछ, उहाँको लगन र मेहनत अनवरत रहिरहनेछ देश र जनताका लागि सँधै सँधै ।

प्रतिकृया

प्रतिकृया