२५ पुष, सर्लाही। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हतारमा संविधान संशोधन विधेयक दर्ता गरेर सरकारले गल्ती गरेको बताए ।

सोमबार बिहान सर्लाहीको हरिवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सत्तापक्षले संशोधन विधेयक दर्ता गर्दा आफ्नो पार्टीसँग छलफल नगरेको बताए ।

पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहनुभएका थापाले सरकार जबरजस्ती अगाडि बढ्न खोजे परिस्थित थप जटिल बन्न सक्नेतर्फ सचेत गराए ।

उनले संसदमा दर्ता भएको संशोधन विधेयकले मधेसी मोर्चालगायत अन्य आन्दोलनरत पक्षको माग सम्वोधन गर्न नसकेको बताए । राप्रपाका अध्यक्ष थापाले संशोधनका केही दफाहरु राष्ट्रिय हित अनुकुल नरहेको अरोप लगाए ।

आन्दोलनरत पक्षको माग सम्बोधन गरी निर्धारित मितिमै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिकृया

प्रतिकृया