२७ पुष, काठमाण्डौँ । विशेषगरी माघे संक्रान्तिमा चाकु खाइन्छ। उपत्यकामा पनि यस अवसरमा चाकुको माग बढी रहन्छ।

chaku-making-for-maghe-sankranti-festival-8

काठमाडौंको टोखा र ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छ। साधारणभन्दा मसलादार र स्पेशल चाकुको माग बजारमा बढी देखिन्छ। मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ। साथै स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाईको हुन्छ।

chaku-making-for-maghe-sankranti-festival-11

जसले गर्दा अन्यभन्दा स्पेशल चाकुको मूल्य अलि महंगो छ। काठमाडौंमा चाकुको माग यस वर्ष दोब्बरले बृद्धि भएको व्यवसायीहरूले बताएका छन्।

chaku-making-for-maghe-sankranti-festival-14
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानै पर्ने प्रचलन रहेको छ।

साथै नेवार समुदायमा काजक्रियाको बेलामा पनि चाकु खाने गरिन्छ। त्यस्तै चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने जनविश्वास रहिआएको छ।

प्रतिकृया

प्रतिकृया