२८ पुष, काठमाण्डौँ । उद्योग मन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेश मै रोजगारीको सिर्जना गर्ने गरी सरकारले काम गरिहेको बताए ।

बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेश्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा उनले उद्योगको विकासले मात्रै अहिले देखा परेको रोजगारीको चुनौतीलाई चिर्न सक्ने बताए ।

देशमा राम्रा योजना आए पनि कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री जोशीले देशको विकासका लागि सबै एक जुट हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सांसदहरु रामेश्वर ढुङ्गेल, केदार सञ्जेल, अनुराधार थापामगरले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्नेमा जोड दिए ।

त्यसअवसरमा नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै आर्थिक वर्ष २०७४/०७५ का लागि १९ करोड ४५ लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरे ।

प्रतिकृया

प्रतिकृया