२८ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाएका छन् ।

चुनाव हुँदैन, यो सरकारले हल्लामात्रै चलाएको हो’ बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वउपप्रधानमन्त्री केसीले प्रश्न गरे, ‘कहाँबाट हुन्छ चुनाव ?’

उनले शुरुमा सरकारले चैत्र वा बैशाखभित्र चुनाव गराउने दाबी गरेको भएपनि त्यो सम्भावना टरेपछि अब जेठको रटान लगाउन थालेको आरोप लगाए । अध्यक्ष केसीले थपे, ‘अब हेर्दै जानुहोस् माघ लागेपछि सक्दैनौं भन्छन् ।’

उनले संघीयता नेपालको लागि गलपासो बनेको कुरा आफूले पटक-पटक उठाउँदै आएको स्मरण गर्दै भने, ‘संघीयता नेपालको लागि गलपासो हो, मैले त पहिलेदेखि नै भन्दै आएको छु नि, मैले गाँजा खाएर यसो भनेको थिइन नि ।’

उनले १९ वर्षसम्म स्थानीय निकायको चुनाव हुन नसक्नुपनि संघीयताको भुतले गर्दा भएको आरोप लगाए ।

प्रतिकृया

प्रतिकृया