१ माघ, रसुवा । नेपालमा माघे संक्रान्तिको दिन नुवाकोटमा गोरु जुधाइन्छ। साँढे जुधाउने खेल त स्पेनको राष्ट्रिय खेल नै हो।

तर रसुवा, नुवोकाट र धादिङमा माघेसंक्रान्तीको दिन गोरु जुधाउने परम्परा छ ।

जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासंग ऐतिहासिक महत्व पनि जोडिएको छ । माधेसंक्रान्तीको उत्सव अन्तरगत एउटा परम्परागत परम्परा हो गोरु जुधाउने ।

गाउँलेहरुले आ आफ्ना गोरुलाई एक आपसमा जुधाउँछन् । गोरु जुधाइमा बिजेता गोरुको मालिकले पुरस्कार समेत पाउँछन् ।

माघे संक्रान्तिीको अवसरमा आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइएको छ । रसुवाको बेत्रावतीमा १० हल र नुवाकोटको तारुका– ५ चन्दनी स्थित कटहरबोटमा १८ हल गोरु बीच भिडन्त गराइएको हो ।

ऐतिहासिक प्रमाण नभेटिए पनि यहाँको गोरु जुधाई परम्परा सय वर्षभन्दा पूरानो मानिन्छ ।

रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ संग जोडिएको छ । रसुवाको बेत्रावती नेपाल र तिब्बतबिचको भोट युद्धको सन्धि भएको स्थलमा यसरी मानवबीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकारहरु बताउँछन् ।

नुवाकोटका स्थानीयका अनुसार बझांगी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्बदन्ति छ ।

587a037f65eb6

587a038b53de2

587a038b87db8

587a038dc6339

587a038e516b8

587a0382ef479

587a0385b3795

587a0388b19c4

587a03905a987

587a038588c62

587a039303d76

587a039303d76 587a039500f7f (1)

प्रतिकृया

प्रतिकृया