३ माघ, काठमाण्डौँ । स्ववियु निर्वाचन तालिका अबिलम्ब सार्वजनिक गर्नुपर्ने माग राख्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय तथा स्ववियु केन्दिय निर्वाचन कमिटिमा ज्ञापनपत्र बुझाएको छ ।

विभिन्न पाँच बुँदे माग राख्दै अनेरास्ववियुले ज्ञापन पत्रमा भनेको छ, ‘निर्वाचनका लागि अनेरास्ववियु आत्तुर रहेको तथा निर्वाचनका लागि आवस्यक सहयोग आफुहरुले प्रतिवद्धता व्यक्त गर्दछौँ ।।’

अनेरास्ववियु केन्द्रिय कमिटिले तोकिएको समयमा स्वच्छ, निश्पक्ष, मर्यादित ढंगबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्न अविलम्ब सम्पादन गर्नुपर्ने काम र अन्य केही महत्वपूर्ण विषयहरुमा त्रि.वि को गम्भिर ध्यानाकर्षण गराएको छ ।

त्रि.वि. ले फगुन १४ गते स्ववियुको निर्वाचन मिति घोषणा गरेपनि निर्वाचन तालीका सार्वजनिक गर्न सकेको छैन ।

ज्ञापन पत्र

fsu demand

प्रतिकृया

प्रतिकृया