१२ माघ, काठमाण्डौँ । चाबहिलस्थित केएल टावरमा विग सेल कार्निभल इभेन्ट सुरु भएको छ।

तीन साता चल्ने कार्निभल अवधिभर ग्राहकहरुले विभिन्न सामाग्रीको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने छन्। सेवाग्राहीलाई सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन इभेण्टको आयोजना गरिएको व्यवस्थापनले जनाएको छ।

माघ १२ गतेबाट सुरु भएको विग सेल कार्निभल फागुन ७ गतेसम्म चल्नेछ। उक्त अवधिमा के एल टावरमा सपिङ गर्ने ग्राहकले लत्ताकपडा, जुत्ता, चप्पल, चश्मा, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइने इभेन्ट संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए।

कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रमहरु समेत आयोजना हुनेछन्। जसमा बालबालिका र परिवारलाई दैनिक रुपमा उपहार, निशुल्क फेस पेन्टिङ,फेशन सो, गेम सो, फ्रि नेल आर्ट, फ्रि फोटो सुट तथा विभिन्न सांगीतिक कार्यक्रमहरु समेत आयोजना गरिने कम्पनीले जानकारी दिएको छ।

टावरमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ–सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल छन्।

त्यस्तै, डिपार्टमेण्टल स्टोर, मल्टिप्लेक्स, फूड कोर्ट र बलिङ एण्ड गेम जोन समेत संचालनमा छन्। साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा छन्।

प्रतिकृया

प्रतिकृया