१५ माघ, विराटनगर । सभामुख ओनसरी घर्तीमगरले निर्वाचनसम्बन्धी बाँकी चार वटा विधेयक एकसाताभित्रै पारित हुने बताएकी छन् । साथै उनले निर्वाचनको मिति तोक्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गरेकी छन् ।

शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरागर्दै सभामुख घर्तीमगरले निर्वाचनका लागि अबको केही दिनपछि कानुनी अड्चन नरहने दाबी गरिन् । उनले निर्वाचनको मिति घोषणा गर्न दलहरुबीच सहमतिको खाँचो भएकोमा जोड दिइन् । उनले सहमतिका आधारमा निर्वाचनको मिति तोक्नु पर्ने बताइन् ।

निर्वाचनसम्वन्धी दुईवटा विधेयक संसद्बाट पास भइसकेको र बाँकी चारवटा विधेयक पनि एकसाताभित्रै पास हुने भन्दै सभामुख घर्तीमगरले अब क्रमशः मुलुक निर्वाचनको माहोलमा होमिने बताएकी हुन् ।

अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन घोषणाअघि नै ददलहरुबीच संविधान संशोधनलगायतका विषयमा सहमति आवश्यक भएको सभामुख घर्तीको बताइन् । २०७४ साल माघभित्र तिनैतहको निर्वाचन गरिसक्नु पर्ने भएकाले दलहरु मिल्नुको विकल्प नरहेकोमा उनको जोड थियो ।

शनिबारदेखि मोरङको लेटाङमा हुन लागेको मगर विद्यार्थीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न घर्ती विराटनगर आएकी हुन् ।

प्रतिकृया

प्रतिकृया