१९ माघ, काठमाण्डौँ । कुवेत स्थित सुभान इण्डष्ट्रियल एरियामा एक नेपाली कामदारले झुण्डिएर आत्महत्या गरेका छन् ।

सप्तरीको गोइठी ४ का २७ वर्षीय बद्री सरदारले कम्पनीकै आवास गृहमा सोमबार आत्महत्या गरेका हुन् ।

दुई वर्ष अघि कुवेत आएका सरदारको शव नेपाल पठाउने तयारी भइरहेको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव भोगेन्द्र लिङ्देनले जानकारी दिए।

यसैबिच, कुवेतमा जनवरी महिनामा मात्रै तीन जनाको विभिन्न कारणले ज्यान गएको छ ।

जनवरी १ मा अलयास्रा फूड कम्पनीमा कार्यरत मोरङका जीवन भट्टराईको सँगै काम गर्ने साथीद्वारा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । जनवरी १४ मा धनुषाको गोपालपुर ४ का बिसुन यादवको उपचारको क्रममा निधन भएको थियो ।

प्रतिकृया

प्रतिकृया