५ फागुन, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सद्भावना पाटीका अध्यक्ष राजेन्द्र महतोसँग निर्वाचनको विषयमा छलफल गरेका छन् ।

आज उनले आफ्नै निवास बालुवाटारमा अध्यक्ष महतोलाई बोलाएर सरकारले निर्वाचनका मिति घोषणा गर्न लागेका छन् त्यसको बारेमा उनले धारणा मागेका थिए ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव छ, मधेशी मोर्चाले चुनावको मिति घोषणा गर्नमा सहयोग गरि दिनुपर्ने आग्रह गरेका बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणा हुने वित्तिकै संशोधन विधेयक पारित गराउने आश्वासन अध्यक्ष महतोलाई दिएका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष महतोबीचको छलफललाई प्रधानमन्त्रीको नीजि सचिवालयले भने लुकाएको छ । छलफलका बारेमा बुझ्न मनहरि तिमल्सिनासँग सम्पर्क गर्दा उनले त्यस्तो कुनै पनि भेटघाट नभएको प्रतिकृया दिए । उनले भने, म दिनभरि यतै छु, त्यस्तो कुनै छलफल भएको छैन ।’

तर अध्यक्ष महतोले प्रधानमन्त्री प्रचण्डसँग आफ्नो छलफल भएको स्वीकार गरे ।

उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले चुनावको विषयमा छलफल गर्न बोलाउनु भएको थियो । चुनावको विषयमा कुरा गर्नुछ भने मधेशी मोर्चासँग नै छलफल गर्नुपर्छ, यदि मेरो व्यक्ति वा हाम्रो पार्टीको राय जान्न चाहनु भएको छ भने सविधान संशोधन नगरिकन चुनावको मिति घोषणा गर्नु हुँदैन भने। ’ सविधान संशोधनपछि मात्र चुनावको मिति घोषणा हुने कुरा प्रधानमन्त्री प्रचण्डले पनि पटक पटक भनेको कुरा पनि आफूले स्मरण गराएको बताउँदै अध्यक्ष महतोले सविधान संशोधन नगरिकन चुनावको मिति घोषणा नगर्न आफूले सल्लाह दिएको बताए ।

मधेशी मोर्चाका नेताहरु उपत्यका बाहिर रहेकाले दुई दिनपछि मोर्चासँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने बताइएको छ । त्यसअघि मोर्चाको पनि छुट्टै बैठक बस्ने अध्यक्ष महतोले बताए ।

प्रतिकृया

प्रतिकृया