८ फागुन, काठमाण्डौँ । मनाङ मस्र्याङ्दी क्लवले बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटवलमा विजयी सुरुवात गरेको छ ।

चटगाउँमा आइतबार भएको खेलमा मनाङले बंगलादेशको मोहमदन स्पोर्टिङ क्लवलाई २–० ले हराएको हो । समूह बिमा रहेको मनाङलाई ३ अंक दिलाउन ओवालाले र बिशाल राईले गोल गरे ।

प्रतियोगितामा सहभागी नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लवलाई २ वटा समूहमा बाँडिएको छ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिकृया

प्रतिकृया