१० फागुन, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाकार मा जनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका छन्। ट्रम्पले उनी एकदमै अनुभवी सैनिक तथा क्षमतावान् भएकाले सेनामा उनको सम्मान सबैले गर्ने दाबी गरेका छन्।

म्याकमास्टरले इराक र अफगाननिस्तानको सरकारविरोधी भ्रष्टाचार अभियानमा समेत काम गरेका थिए। यसअघिका सल्लाकारले पद छोडेपछि कार्यवाहक रुपमा काम गरेमा उनले किथकोलोसँगै उनले काम गर्नेछन्। कोलोको पद भने ‘चिफ अफ स्टाफ’ हुनेछ।

यसअघि ट्रम्पले अवकाश प्राप्त सैनिक हवार्ड रोबर्टलाई सैनिक सल्लाकारको रुपमा प्रस्ताव गरेका थिए तर उनले भने आफू लामो समयसम्म सैनिक पेशामा कार्यरत रहेकाले घरायसी समस्याहरुको कारण तत्कालै पद सम्माल्न नसक्ने जवाफ दिएका थिए।

म्याकमास्टरले इराक र अफगाननिस्तानको सरकारविरोधी भ्रष्टाचार अभियानमा समेत काम गरेका थिए। यसअघिका सल्लाकारले पद छोडेपछि कार्यवाहक रुपमा काम गरेमा उनले किथकोलोसँगै उनले काम गर्नेछन्। कोलोको पद भने ‘चिफ अफ स्टाफ’ हुनेछ।

कोलो र म्याकमास्टरलाई संयुक्त राष्ट्रसंघका लागि पूर्व राजदूत जोन बोल्टनले कार्यभार सम्माल्नका लागि सघाउने छन्। ट्रम्पले म्याकमास्टरलाई एक प्रभावशाली, अनुभवी तथा दक्ष व्यतिm भनी टिप्पणी गरेका छन्। ‘उनलाई राष्ट्रिय सैनिक सल्लाकारको रुपमा पाउनु हाम्रो लागि ठूलो गौरवको कुरा हो। उनीबारे दुई दिनदेखि धेरै अध्ययन गरेँ। उनी सैनिक क्षेत्रमा एकदमै सम्मानित मान्छे हुन्’, ट्रम्पले भने।

हाल उनलाई अमेरिकाले रुसी सैनिकसँग कसरी लड्न सक्छ भनेर अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। टाइम पत्रिकाले उनलाई २०१० मा विश्वका १०० प्रभावशाली व्यतिmको सूचीमा राखेको थियो। उनले नर्थ क्यारोलाइन विश्वविद्यालयबाट इतिहास विषयमा विधावारिधि गरेका छन्।

प्रतिकृया

प्रतिकृया