१५ फागुन, काठमाण्डौँ । काठमाडौंमा स्वाइनफ्लूका बिरामी भेटिएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताअघि पुगेका एक जनामा स्वाइनफ्लूको भाइरस भेटिएको डा. शेरबहादुर पुनले जानकारी दिए।

अहिले विवाहको लगन भएकाले पनि जमघट धेरै हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा स्वाइनफ्लू सर्ने संभावना उच्च हुने डा. पुनले बताए।

विशेषगरी मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई स्वाइनफ्लू सर्ने भएकाले उच्च सावधानी अपनाउन डा. पुनको सुझाव छ ।

१० दिनसम्म पनि कडा ज्वरो आए, खोकी लागिरहे, घाँटी खसखसाए र काम छुटे स्वाइनफ्लू भएको हुनसक्ने उनले बताए।

सार्वजनिक ठाउँमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु, खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु, साबुन पानीले हातमुख धुनु तथा झोलिलो खानेकुरा खानु र शंका लागे परीक्षणका लागि स्वास्थ्य संस्थामा जानु नै स्वाइनफ्लूबाट बच्ने उपाय भएको डा. पुनले बताए।

प्रतिकृया

प्रतिकृया