१६ फागुन, सुनसरी । सुनसरीको इटहरीमा माघ २१ गते मनि ट्रान्सफरमा लुटपाट गर्ने पुर्ण लुङ्गेली मगरलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

इटहरीको पचरुखीमा रहेको मनिट्रान्सफर लुटपाटमा प्रयोग गरिएको पेस्तोल र मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकड्भिट्टाको टोलीले घटनामा प्रयोग गरिएको को २८ प ३४४४ नम्बरको बुलेट मोटरसाइकल समेत बरामद गरेको हो ।

लुङ्गेलीसहितको समूहले सुनसरीको इटहरीमा माघ १२ गते मिङ्मिङ्ग ज्वलर्सबाट समेत लुटपाट गरेको प्रहरीले जनाएको छ । त्यो समूहले मनि ट्रान्सपरबाट तीन लाख, ज्वालेर्सबाट ३ लाख बराबरको धनमाल लुटेर फरार भएको थियो । यसैगरी धरानमा रहेको सेवा रेमिटबाट समेत फागुन २ गते ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटेका थिए ।

श्रृँखलाबद्ध चोरी डकैतीमा संलग्न रहेको पाइएपछि प्रहरीको टोलीले समूहको खोजी गरेको थियो । घटनामा सम्लग्न अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया