२० फागुन, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नेकपा (एमाले) ले जस्तै मेची महाकाली अभियान गर्ने घोषणा गरेको छ ।

भर्खरै मात्र आफ्नो राष्ट्रिय एकता महाधिवेसन सकेको राप्रपाले आगामी चुनावमा नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका बेला मेची महाकाली अभियान गर्ने रणनीति बनाएको हो ।

तर राप्रपाले यसलाई राष्ट्रिय एकता यात्रा भनेको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रवार आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेचीकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।

चैत ७ गते एकै दिन झापा, क१चनपुर , काठमाडौं र गोरखा गरी चार टाउँबाट एकता यात्रा सुरु हुने श्रेष्ठले बताए । उक्त अभियान चैत १२ गते चितवनमा पुगेर टुंगिने छ ।

साथै केन्द्रीय समितिको बैठकले स्थानीय चुनावको तयारीमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

प्रतिकृया

प्रतिकृया