२० फागुन, चितवन । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्राध्यापक डा हरिश्चन्द्र न्यौपानेमाथि आक्रमण गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

गएको माघ ११ गते भएको सो घटनामा संलग्न भई फरार हुँदै आएका अभियुक्त चित्रवन नगरपालिका ३ चितवन बस्ने २४ बर्षका भीमबहादुर तामाङलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

कलेज परिसरमा डा न्यौपाने चढेको बा १४ च ७५६४ नम्बरको गाडीमा आक्रमण गर्दा गाडीको सीसा फुटेपनि डा न्यौपानेलाई केही भएको थिएन।

खोतजलासका क्रममा बुधबार पक्राउ परेका उनलाई विहीबार जिल्ला अदालत चितवनबाट ज्यान मार्ने उद्योग मुद्दामा पाँच दिन म्याद थपगरी कानुनी प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ।

प्रतिकृया

प्रतिकृया