२२ फागुन,भक्तपुर । उनि ६ वर्षको बालापनमा ऐतिहासिक ईन्द्र अप्सरा नृत्य गरेर साँस्कृतिक क्षेत्रमा प्रवेश गरेका हुन । सिंगो जीवन ऐतिहासिक एवं लोपोन्मुख अवस्थामा रहेका साँस्कृतिक वाद्य र नाचका लागि बिताएका गुरु मध्यपुरथिमि नगरपालिका–७ पाँचोका परम्परागत नृत्य तथा वाद्य गुरु जीवित साँस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई शनिबार मध्यपुर थिमिको बालकुमारीमा भव्य रुपमा नागरिक अभिनन्दन गरिएको छ ।

ओस्ला नेपालको संयोजनमा मध्यपुर थिमिका १०१ सामाजिक संघसंस्थाको सहयोग एवं सहभागितामा उहाँको ८७ औं जन्मोत्सवको अवसर पारेर शताब्दी पुरुष एवं संस्कृतविद सत्यमोहन जोशीको हातबाट उनलाई भव्य नागरिक अभिनन्दन गरिएको हो ।

सुन र चाँदीबाट निर्माण भएको १ लाख ५ हजारमा निर्माण गरिएको अभिनन्दन पत्र प्रदान गरी दोसल्ला ओढाएर उहाँलाई नागरिक अभिनन्दन गरिएको हो ।

कार्यक्रममा श्रीगोपाल प्रजापतिको तस्बिर अंकित चाँदीको सिक्का सार्वजनिक गरिएको छ भने श्रीगोपाल प्रजापतिको आत्मवृतान्त समेटिएको ‘अनवरत साँस्कृतिक पाइला’ नामक पुस्तक र ‘नागरिक अभिनन्दन स्मारिका’ सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा संस्कृतविद् जोशीले ईतिहासका परम्परागत साँस्कृतिक वाद्य तथा नाच गुरु एवं संरक्षण कर्ता प्रजापतिबाट नयाँ पुरस्ताले धेरै सिक्नु पर्नेमा जोड दिए ।

प्रतिकृया

प्रतिकृया