२३ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई लिएर प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थी संगठनहरुले नाराबाजी गरिरहेका छन् ।

एमालेसम्वद्ध अखिलले स्ववियु चुनाव गर्न माग गर्दै नाराबाजी गरिरहेको छ भने माओवादीसम्वद्ध क्रान्तिकारीले त्यसको विपक्षमा नारा लगाइरहेको छ ।
१८ गते हुन नसकेको स्ववियु चुनाव आज सोमबारका लागि तय भएको थियो । तर, नेपाली कांग्रेससम्वद्ध नेविसंघले उम्मेदवारी नै दर्ता गरेको छैन । विहान ८ बजेबाट मतदान हुने भनिएको थियो । तर, मतदान अनिश्चित जस्तो देखिएको छ । क्याम्पस परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिकृया

प्रतिकृया