२७ फागुन, काठमाण्डौँ । जिल्ला विकास समितिको कार्यालयका काठमाडौंका नायव सुब्बा गोवर्धन खड्का ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरीले खड्कालाई आफ्नै कार्यकक्षबाट शुक्रवार पक्राउ गरेको हो ।

खड्काले अध्याय ट्रेड एण्ड सप्लायर्स जोरपाटीका कर्मचारीसँग बालुवा र गिटीको कर उठाउने क्रममा प्रयोग गरिने बिलको प्याड नमिलेको र सो प्याड मिलाउनका लागी एलडिओ र योजना अधिकृतलाई मासिक एक लाख रुपैयाँ बुझाउनुपर्ने भन्दै एकमुष्ट पाँच लाख घुस रकम माग गरेको अख्तियारले जनाएको छ ।

यसरी पाँच लाख मागेर दुःख दिएको उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले खड्कालाई चार लाख घुस लिँदालिँदै पक्राउ गरेर अनुसन्धान शुरु गरिएको आयोगले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया