२९ फागुन, काठमाण्डौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा एर्भटन, बोर्नमाउथ र हल सिटी विजयी भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा एभर्टनले वेष्ट ब्रोमलाई ३–० ले हरायो । एभर्टनको जितमा ३९ औं मिनेटमा केविन मिरालस्, ४५ औं मिनेटमा मोर्गन स्नाइडरलिन र ८२ औं मिनेटमा रामेलु लुकाकुले गोल गरे ।

स्नाइडरलिनले एभर्टनका लागि प्रिमियर लिगमा पहिलो गोल गरेका हुन् । उनले म्यानचेस्टर युनाइटेडबाट एभर्टन विरुद्ध गोल गरेको पाँच सय ११ दिनपछि उनले प्रिमियर लिगमा पहिलो गोल गरेका हुन् ।

राति नै भएको खेलमा बोर्नमाउथले वेष्ट ह्यामलाई ३–२ ले हरायो । बोर्नमाउथको जितमा जोशुए किङले ह्याट्रिक गरे । किङले ३१, ४८ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

वेष्ट ह्यामका लागि मिकेल एन्टोनियो र एण्ड्रे आयुले गोल गरे । अर्को खेलमा हल सिटीले स्वान्सी सिटीलाई २–१ ले हरायो । हल सिटीको जितमा निएसीले दुई गोल गरे ।

स्वान्सीका लागि मावसनले एक गोल फर्काए ।

प्रतिकृया

प्रतिकृया