बिरगञ्ज । ६७ औं भारतीय गणतन्त्र दिवसको अवसरमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ।

दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत रन्जनले झण्डोतोलन गर्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जीले देशको नाममा जारी गरेको शुभकामना सन्देश पढेर सुनाएका थिए।

साथै ६७ औ भारतीय स्वतन्त्रता दिवसको अवसरमा महावाणिज्य दुत रन्जनले पोखरीया हस्पिटल पर्सा, सब हेल्थ पोष्ट महोत्तरी, आर.एम.केडिया आखाँ अस्पताल वीरगन्ज, मकवानपुर सहकारी अस्पताल हेटौंडा, सोसल वेलफेयर एग्रिकल्चर को–अपरेशन रौतहट, श्री हनुमान टेम्पल डेभलपमेन्ट कमेटरी अमरपट्टी पर्सा, कम्युनिटी मेटरनिटी होम नरकटिया रौतहटलाई एम्बुलेन्स हस्तान्तरण गरे।

त्यसैगरी मिथिला इन्स्च्यिुट अफ टेक्नोलोजी, जनकपुरधाम धनुषा र श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भिखनपुर पर्सालाई स्कुल बस हस्तान्तरण गरेका छन्।

कार्यक्रममा स्कुले विद्यार्थीहरुले भारतको राष्ट्रियता झल्किने गीतहरू गाएका थिए। समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी केश्वराज घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक भिमबहादुर थापा, अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी बरिष्ठ उपरीक्षक नारायण खड्कालगायतको उपस्थिति थियो।

प्रतिकृया

प्रतिकृया