काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेसको १३ औं महाधिवेसनका लागि सभापति पदमामा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छिन् ।

प्रेस युनियन मोरङले कोइराला निवास विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले पार्टीलाई नयाँदिशा दिन आफूले सभापति पदका लागि उम्मेदवारी दिन लागेको बताइन् ।

सभापति सुशील कोइरालाले पनि आफूलाई सभापति पदका लागि सहयोग गर्ने उनको दाबी छ ।

sujataaaa

‘सुशील दा सित पनि कुरा भएको छ । उहाँ पनि सकारात्मक हुनुहुन्छ । वहाँकै सहयोगमा सभापति पदमा उम्मेदवारी दिन लागेको छु’ उनले भनिन् ‘नेपाली कांग्रेसलाई नयाँ र सही ट्रयाकमा ल्याउन अनि मूलुकको समस्या समाधान गर्दै अगाडी बढाउन नै मैले सभापति पदमा उम्मेदवारी दिन लागेकी हुँ ।’

उनले कांग्रेसलाई पुरानो सोचबाट मुक्त गरि नयाँ सोचले अगाडी बढाउन आफू लाग्ने प्रष्ट पारिन् । प्रजातान्त्रिक पार्टीमा प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्नु राम्रो भएकाले आफुले १३ औं महाधिवेसनमा निर्वाचित भएर सभापति बन्न चाहेको उनको भनाई छ ।

उनले विभिन्न जिल्लाको भ्रमणमा जाँदा कार्यकर्ताबाट पाएको समर्थनले आफू निक्कै उत्साही भएको बताउँदै आफूलाई पार्टी नेतृत्वका लागि उर्जा मिलिरहेको कोईरालाको भनाई छ ।

प्रतिकृया

प्रतिकृया