१६ चैत ,काठमाडौं । यो शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पलाँस’ सेन्सर पास भएको छ । तर फिल्मले ‘एडल्ट’ सर्टिफिकेट पायो । फिल्ममा समावेश केहि दृश्य अनि संवादका कारण कैची नलगाई सेन्सर वोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको बुझिएको छ ।

फिल्ममा अभिनेत्री रेखा थापाले ‘कोठी गर्ल’ को भुमिका निभाएकी छिन् । जहाँ रेखाले दिएको दृश्य बिना कैँची पास हुँदा सेन्सरले उक्त सर्टिफिकेट दियो भने अभिनेता कामेश्वर चौरासियाले बोलेका संवाद पनि त्यसको कारक बने ।

सुवास कोईराला निर्देशित फिल्मलाई कृषा चौलागाईंले निर्माण गरेकी हुन् । फिल्ममा आयुव केसी पनि लिड अभिनयमा छन् ।

प्रतिकृया

प्रतिकृया