२५ चैत, काठमाडौं । सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने गरी ठोस धारणा तय गर्न आन्तरिक छलफललाई तीव्रता दिएको छ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा जारी पार्टी केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकमा स्थानीय निर्वाचनमा केन्दि्रत रहेर छलफल भइरहेको नेता महेश आचार्यले जानकारी दिए ।

उनले स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणा पत्रमा के कस्ता विषयलाई समेट्ने भन्ने विषयमा पनि छलफल हुने नेता आचार्यले बताइए ।

नेता आचार्य नेतृत्वको स्थानीय तह निर्वाचन घोषणा पत्र तयारी समितिले स्थानीय जनताको मागलाई सम्बोधन हुने गरी घोषणा पत्र तयार पार्ने योजना अनुसार काम अघि बढाइसकेको छ । त्यसै गरी कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनाव परिचालनको कामलाई देशभर संचालन गर्ने गरी कार्ययोजना बनाउने कामलाई तीव्रता दिँदै आएको छ ।

बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल हुनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचन एकै चरण गर्नेगरी मधेशी मोर्चालाई पनि सहभागी गराउनका लागि आवश्यक पहल गर्ने अडान राख्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया