२७ चैत, काठमाण्डौँ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा जितबिहीन यात्रा टुंग्याएको छ ।

लगातार चार खेलमा विजयी हुन नसकेको म्यानचेस्टर सिटीले लिग अन्तर्गत शनिबार राति भएको खेलमा हल सिटीलाई ३–१ ले हरायो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई जिताउन सर्जियो अग्युरो र फाबिएन डेल्फले गोल गरे ।

हल सिटीका अहमद एलमोहमदीले आत्मघाती गोल गरे । स्टोकका लागि एन्ड्रिया रोनोकियाले एक गोल फर्काए । ३१ औं मिनेटमा एलमोहमदीले आत्मघाती गोल गर्दै म्यानचेस्टर सिटीलाई सुरुवाति अग्रता दिलाए ।

४८ औं मिनेटमा अग्युरो तथा ६४ औं मिनेटमा डेल्फले गोल गरेपछि ३–० को अग्रता लियो । ८५ औं मिनेटमा रोनोकियाले हल सिटीका लागि एक गोल फर्काए । जितपछि चौथो स्थानको म्यानचेस्टर सिटीको ३१ खेलबाट ६१ अंक भएको छ ।

राति नै भएका अरु खेलमा वेष्ट ह्यामले स्वान्सी सिटी र साउथह्यामप्टनले वेष्ट ब्रोमलाई समान १–० हरायो । मिडल्सबर्ग र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिकृया

प्रतिकृया