२७ चैत, काठमाण्डौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेपनि लिभरपुलले स्टोक सिटीलाई २–१ ले हराएको हो । ४४ औं मिनेटमा जोन वाल्टर्सले गोल गर्दै पहिलो हाफमा स्टोक सिटीले १–० को अग्रता लियो ।

७० औं मिनेटमा फिलिप कोन्टिन्होले लिभरपुलका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि रोबर्टो फिरमिनोले गोल गरेपछि लिभरपुलले २–१ को अग्रता लियो । जितपछि लिभरपुल तेस्रो स्थानमै कायम छ ।

उसको ३२ खेलबाट ६३ अंक भएको छ । उ दोस्रो स्थानको टोटनह्याम भन्दा पाँच अंकले पछि परेको छ भने चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा दुई अंकले अघि छ ।

प्रतिकृया

प्रतिकृया