२७ चैत, अर्घाखाँची । अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपाल उद्योग वाणिजय महासंघको केन्द्रिय सदस्यमा उमेद्धारी दिने घोषणा गरेका छन्।

वि.सं. २०५३ साल देखी अर्घाखाँची उद्योग वाणिज्य संघमा आबद्ध रहि हालसम्म क्रियाशिल रहेका संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले खुल्ला केन्द्रिय सदस्यमा उमेद्धारी घोषणा गरेका हुन् ।

वि.सं. २०५३ सालदेखी २०६१ सालसम्म उपाध्यक्ष पदमा रही संघको संस्थागत विकास र प्रगतीको लागि क्रियाशिल रहदै आएका श्रेष्ठ वि।सं। २०६१ साल देखी हालसम्म अध्यक्ष पद सम्हाल्दै नेपाल उद्योग वाणिज्य संघको केन्द्रिय सदस्यको रुपमा प्रतिनिधित्व गरेका छन् ।

राष्ट्रमा उद्योगी व्यवसायीहरुको विद्यमान समसामयीक विषयहरु उपर जोडदार आवाज उठाई सम्पूर्ण उद्योगी व्यवसायीहरुको समस्या समाधानमा आफ्नो तर्फबाट क्रियाशिल रहदै आएका श्रेष्ठले आगामि चैत्र २८ र २९ गते सम्पन्न हुने नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारण सभा तथा अधिवेशनमा यस अर्घाखाँची उद्योग वाणिज्य संघ द्धारा जिल्ला- नगर उद्योग वाणिज्य संघको तर्फबाट खुल्ला केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने श्रेष्ठले बताए ।

प्रतिकृया

प्रतिकृया