काठमाडौँ । भारतमा हुने १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा भाग लिन जाने नेपाली राष्ट्रिय फुटबल ( पुरुष र महिला ) दुबै टोलीलाई विदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ )एन्फा) ले मंगलबार एन्फा कम्पलेक्समा एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय फुटबल टोलीको विदाइ गरेको हो।

टोलीलाई विदाई गर्दै एन्फाका कार्यबहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले फुटबल खेलाडीले सागमा पनि राम्रो नजिता ल्याउनेमा आफू विश्वस्त रहेको बताए।

‘अघिल्लो पटक बंगलादेशमा भएको बंगबन्धु कप फुटबलमा हासिल गरेको जस्तै नजिता आउँछ भन्ने आशा छ। म फुटबल टोलीलाई उपाधि जितेर आउन शुभकामाना दिन्छु’ श्रेष्ठले भने ।
भारतको गुहाटीमा हुने १२ औँ सागमा सहभागी हुन पुरुष नेपाली फुटबल टोली मंगलवार त्यसतर्फ प्रस्थान गर्दैछ भने महिला टोली भोलिमात्रै जानेछ।

प्रतिकृया

प्रतिकृया