१२ बैशाख,काठमाडौँ । युएईको अस्टर अस्पताल मंखुलमा ८० दिन कोमामा बिताएपछि एक नेपाली महिलाको होस् आएको छ । खोटाङको बाम्राङकी ३१ वर्षे देवी लामा श्रेष्ठ लामो समयपछि होस्मा आएकी हुन।

उपचारमा संलग्न डाक्टरले देवीको स्वास्थ्यमा आएको सुधारलाई आश्चर्यजनक सुधारको रुपमा लिएका छन् । देवीको अप्रिल ९ को बिहानै होस् आयो । होस् आउँदा उनको छेउमा श्रीमान लोकेन्द्र थिए । अस्पतालका कार्यकारी निर्देशक डाक्टर सेर्वाज विच्छुले यो आश्चर्य जनक सुधार भएको बताए ।
‘अस्पतालमा ल्याउँदा उनी बाँच्ने कमै आश थियो’ डक्टर बिच्छुले भने, – ‘त्यहि पनि हामीले भर्ना गरेका थियौं । नभन्दै श्रीमानको लगन र अठोटका कारण केस सफल भयो ।’

श्रीमानले उनको ज्यान गए आफूपनि सँगै प्राण त्याग्ने बताएको अस्पतालले जनाएको गल्फ न्युजमा समाचार छ । यो अवधिमा श्रीमान लोकन्द्र पनि सँगै अस्पतालमा बसे ।
देवी र लोकेन्द्रसँगै चेन कफिसपमा काम गर्नुहुन्थ्यो । कामकै शिलशिलामा भेट भएका लोकेन्द्र र देवीले गएको जुन महिनामा विवाह गरेका थिए ।

गएको जनवरीमा काम गरिरहेको बेला देवी अचानक विरामी भइन । उनलाई उच्च ज्वरो र वान्ता भयो । बिरामी हुँदा देवी ६ महिनाको गर्भवती थिइन ।
देवीलाई श्रीमानले अस्पताल पुर्‍याए । अस्पताल पुर्‍याएको तीन दिन पछि उनलाई विरामले झन साह्रो पार्‍यो । त्यसपछि देवीलाई आइसियुमा भर्ना गरियो ।
उपचारमा संलग्न डाक्टरका अनुसार उनलाई स्वासप्रस्वास सम्बन्धी समस्या थियो । गर्ववतीको अवस्थामा यो कसै कसैलाई हुन सक्छ । उनको फोक्सो सुनिएर पानी भरिएको थियो । मुटु पनि कमजोर भएको थियो । चाल पनि स्थिर थिएन । मृगौला र कलेजो पनि संक्रमित थियो । उनी जिवीत रहने संभावना कम थियो ।
यो सबै अवस्थाको उपचार गर्न देवीलाई कोमामा पठाउन र अक्सीजन दिन पनि जुरुरी भयो । धेरै वटा अंगले एक साथ काम गर्न छाडेपछि देवीको अप्रेसन गरियो तर बच्चा बचाउन सकिएन ।

सामान्यत यस्ता विरामीलाई १४ दिन मात्रै भ्यान्टिलेटरमा राखिन्थ्यो । तर देविलाई तीन महिना बढि राखियो ।
गएको अप्रील ९ देखि उनको स्वास्थ्यमा सुधार भएको छ । आइसियुबाट सामान्य रुममा लगिएको छ । मांसपेशी बलियो पार्नको लागि फिजियो थेरापी गरिरहेको छ । यो सकिएपछि देवी नेपाल फर्कनेछिन।
गएको सय दिनको उनलाई केहि याद छैन । मात्र एउटा सपना याद छ । रेलमा यात्रा गरिरहेको कुरा मात्रै याद भएको देवीले बताईन ।

देवीले विदेश जानु पहिले काठमाडौंमा बोर्डिङ स्कुल सञ्चालन गरेकी थिइन । तर अहिले बन्द गरिएको छ । आफू पुरै ठिक भएपछि देवीले खोटाङ फर्किएर अंग्रेजी भाषाको निजि विद्यालय सञ्चालन गर्ने लक्ष रहेको उनको भनाई थियो ।
खोटाङमा राम्रो अंग्रेजि भाषाको विद्यालय नभएकाले प्लेग्रुप देखि १२ कक्षा सम्मको अंग्रेजि भाषाको विद्यालय खोल्ने योजना रहेको बताईन ।
तर उनको उपचारमा संलग्न डक्टर प्रभुले देवीलाई पूर्णरुपमा स्वस्थ हुन अझै ६ महिना लाग्ने बताएका छन् ।

प्रतिकृया

प्रतिकृया