बैशाख १६,काठमाडौँ । स्थानिय निर्वाचन आउन अव १५ दिन मात्र बाँकी छ । यो विचमा दलहरु विच संविधान संशोधन लगाएत निर्वाचन एकै चरणमा गर्ने विषयमा गम्भिर छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पककमल दाहालले सत्तासिन दलहरु र प्रमुख विपक्षी दलहरु विच छलफल चलाईरहका छन ।

यद्यपी संविधान संशोधनलाई लिएर नेकपा एमालेले आफ्नो अडान कायमै राखेको छ । आज मात्र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एमाले अध्यक्ष केपि शर्मा ओलीलाई संशोधनमा सघाउन आग्रह गरेका छन । देउवासंगको भेटपछि ओलीले आफुले कुनै हालतमा शंविधान संशोधन हुन नदिने र कुनैपनि हालतमा बैशाख ३१ को निर्वाचनमा टर्न नहुने बताएका छन । यो संगै अव संविधान संशोधनमा आवश्यक दुई तिहाइ मत नपुग्ने देखिएको छ ।

बैशाख ३१ र जेठ ३१ मा गरि सरकारले दुई चरणमा गर्ने भनेको आसन्न स्थानीय निर्वाचन अव एकै चरणमा हुने संकेतदेखिएको छ । सरकारले दुई चरणमा स्थानीय चुनाव गर्नै मिति तय गरेपछि नेकपा एमाले जेठ ३१ गते चुनाव नगर्न दवाद दिँदै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचनका विषयमा लगातार प्रमुख दलका शीर्ष नेताहरुसंगको छलफलमा रहेका छन् । प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग पहिलो चरणको स्थानीय निर्वाचनको मिति केही पर सर्नसक्ने संकेत गरेका श्रोतले बतायो । उनले चुनाव दुई चरणमा गर्दापनि बैशाख ३१ गतेको मितिलाई पर सार्ने संकेत गरेको बुझिएको छ । त्यसो त एकै चरणमा चुनाव सम्पन्न गर्न नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिँदै आएका छन् ।

यसैबीच भोली आईतवार व्यवस्थापिका संस्दमा संविधान संशोधन प्रस्ताव पेस हुँदै छ । त्यसको फेरी पनि एमालेले विरोध गर्ने संकेत देखिएको छ । अव प्रश्न खडा भएको छ, स्थानिय निर्वाचन बैशाख ३१ मै होला ? के मिती टरेकै हो त ?

प्रतिकृया

प्रतिकृया