२२ बैशाख, काठमाण्डौँ । सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले संसदका नाममा अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालकका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सो आदेश दिएको हो।

संसदमा महाभियग प्रस्ताव दर्ता भएपछि निलम्बित रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउन पनि आदेशमा भनिएकोछ।

न्यायाधीश जबरा प्रधानन्यायाधीश हुने रोल क्रममा छन्। सुशीला  कार्की पछि गोपाल पराजुली र दीपक जोशी पछि उनको पालो आउँछ। उनी लामो समयसम्म प्रधानन्यायाधीश हुने मध्येमा पर्नेछन्। उनी तीन वर्षभन्दा बढी समय प्रधानन्याधीश रहन्छन्।

प्रतिकृया

प्रतिकृया