२४ बैशाख, काठमाण्डौँ । चण्डीगढका एक मेकानिकल इन्जिनियरिङका विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नी प्रेमिकासँग विवाह गर्नका लागि सहयोग मागेका छन् । उनले मोदीलाई दुवै पक्षको अभिभावकलाई आफूहरुको विवाहको लागि मनाइदिन स्वयंसेवक पठाइदिन अनुरोध गरेका छन् ।

यो एउटा मूर्खतापूर्ण मजाक होइन । यो ती मजाकपूर्ण अनुरोधहरु भित्र पर्छन् जहाँ दिनहुँ चण्डिगढबाट प्रधानमन्त्री कार्यालयमा केन्द्रिकृत जनगुनासो सम्बोधन र मनिटरिङ प्रणलीबाट आउने गर्छन् ।

चण्डिगढमा गुनासो प्रणाली सञ्चालन गर्ने अधिकारी भन्छन्, ‘करिब ६० प्रतिशत गुनासो र अनुरोधहरु मजाकपुर्ण हुन्छन् र हाम्रो मुहारमा हाँसो ल्याउँछन् ।’

अर्का बासिन्दाले कसैले आफ्नो बगैँचाको फुल आफ्नो अनुमति विना नै टिपेको र यसको लागि कसैले पनि आवश्यक कारवाही नगरेको गुनासो लेखेका छन् ।

चण्डिगढ प्रशासनले प्रत्येक महिनामा प्रधानमन्त्री कार्यालयबाट ४ सयको हाराहारीमा गुनासोहरु पाउने बताएको जसमध्ये धेरैजसो व्यक्तिगत प्रवृतिका हुन्छन् ।

प्रतिकृया

प्रतिकृया