२५ बैशाख, काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी, नेपालले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ । संविधान संशोधन गर्ने ‘भद्र सहमति’ सरकारले तोडेको आरोप लगाउँदै राष्ट्रिय जनता पार्टीेले अव आन्दोलनमा जाने चेतावनी दिएको हो ।

संविधान संशोधन प्रस्ताव पारित गर्न सरकार गम्भिर नभएपछि आफूहरु पनि आन्दोलनमा जाने गरी आन्तरिक छलफल सुरु गरिएको नेता अनिल झाले जानकारी दिए ।

सोमबार बसेको पार्टीको बैठकमा संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जाने सहमति प्रधानमन्त्री पुष्पकमल दाहालले तोडेको आरोप लगाइएको छ । पार्टीले संविधान संशोधन नभई निर्वाचनमा नजाने अडान राख्दै आएको थियो ।

सरकारले संविधान संशोधन गर्ने संसद बैठकनै जेठ ४ गतेसम्मका लागि स्थगित गरेपछि पार्टीले सरकार संविधान संशोधन गर्न गम्भिर नरहेको निष्कर्ष निकालेको हो । यसअघि पार्टीले दोस्रो चरणको निर्वाचनमा भने सहभागी हुने निर्णय गरेको थियो ।

प्रतिकृया

प्रतिकृया