२६ बैशाख,काठमाडौँ । सिरियाली विद्रोही र उनका परिवारजनले पहिलो पटक दमासकसको एक जिल्लाबाट विस्थापित हुने कार्य सोमबार सुरु गरेका छन् ।

राजधानीमा सरकारले पुनःकब्जा गर्ने कार्य सुरु भएसँगै ती विद्रोहीहरु त्यहाँबाट विस्थापित हुने कार्य सुरु गरेका बताइएको छ ।

सिरियन विदेश मन्त्री वालिद मुअललेम सोमबार यस क्षेत्रमा संयुक्त राष्ट्र सङ्घ र अन्तरराष्ट्रिय संयुक्त बलको कुनै भूमिका नरहेको बताएका छन ।

संयुक्त राष्ट्र सङ्घले सिरियामा जारी द्वन्द्वको विषयमा आगामी मे १६ मा स्विजरल्यान्डमा हुने नयाँ शान्ति वार्ता हुने घोषणा गरेको केही घन्टामा यो कार्य सुरु भएको बताइएको छ ।

सिरियामा पछिल्लो समयमा हिंसा थप भड्किएको छ । जसका कारण विश्वमा सिरियाको विषयमा के कस्तो निकास निकाल्ने भन्ने बारेमा छलफल भएको राष्ट्रसङ्घले जानकारी दिएको थियो । यसअघि पनि सिरियाको विषयमा पटकपटक भएका शान्ति वार्ताबाट कुनै प्रगति भने भएको छैन ।

दमासकसका प्रान्तीय गभर्नरले राज्यद्वारा सञ्चालन टेलिभिजनलाई बताउनु भएअनुसार पहिलो चरणमा ५६८ जना लडाकूसहित एक हजार २२ व्यक्ति बार्जेह जिल्लाबाट सोमबार विस्थापित भएका छन् ।

सिरियामा जारी रहेको सो हिंसाका क्रममा तीन लाख २० हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यस्तै दशौँ लाख नागरिक देशभित्र र नजिकको छिमेकी देशमा शरणार्थी जीवन विताइरेहका छन् ।

पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको सो हिंसाको अन्त्यका लागि विभिन्न समयमा शान्तिवार्ता पनि भएका छन् । तर पनि ती वार्तालाई निष्कर्षमा पु¥याउन भने सकिएको छैन ।

प्रतिकृया

प्रतिकृया