३० बैशाख,काठमाडौँ । दोलखा जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै जेठ ५ गतेसम्मका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा (३) को खण्ड ‘क’ बमोजिम दोलखा जिल्लाको सम्पुर्ण भागलाई मादक पदार्थ निषेधित क्षेत्र घोषणा गर्न प्रजिअ बोहोराले आदेश जारी दिएका हुन ।
आदेश बमोजिम कसैले कानुन उल्लघंन गरेमा कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालले जानकारी दिए।

प्रतिकृया

प्रतिकृया