४ जेठ, काठमाण्डौँ । सरकारले नेपाली सेना र नेपाल प्रहरीका अस्पताल सर्वसाधारणको उपचारका लागि खुल्ला गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेना र नेपाल प्रहरीका अस्पताल सर्वसाधारण जनताको उपचारका लागि बिहीबारदेखि नै खुल्ला गर्ने निर्णय गरेको हो।

यसअघि सेना र प्रहरीका अस्पतालमा सर्वसाधारणले उपचार गराउन पाउने व्यवस्था थिए। ति अस्पतालहरुमा नेपाली सेना र नेपाल प्रहरीमा जागिरे रहेका परिवारले मात्रै उपचार गर्न पाउँथे।

सरकारको यो निर्णयसँगै अन्य सरकारी अस्पतालहरु जस्तै सेना र प्रहरीका अस्पतालमा सर्वसाधारण जनताले उपचार गराउने पाउनेछन्।

प्रतिकृया

प्रतिकृया