२१ जेठ, काठमाण्डौँ । माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि विवादित बनेको चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्बाचन आयोगको निर्णयको अनेरास्ववियु र युवा संघले विरोध गरेको छ ।

अनेरास्ववियु र युवा संघले संयुक्त रुपमा आयोगको निर्णयको निन्दा गर्दै निर्णय तुरुन्तै सच्याउन माग गर्दै विरोध जुलुस पर्दशन गरेको छ ।

काठमाडौंको आर.आर.क्याम्पसबाट शुरु भएको जुलुश रत्नपार्कमा गएर कोणसभामा परिणत भएको थियोे ।

कोण सभालार्ई अनेरास्ववियुका अध्यक्ष नबिना लामा, युवासंघका उपाध्यक्ष रमेश पौडेल, नेकपा एमाले काठमाडौका अध्यक्ष कृष्ण राई,लगायत अन्य जनसँगठनका नेताहरुले सम्बोधन गरेका थिए ।

निर्बाचन आयोगको यो निर्णयले अब हुने दोस्रो चरणको निर्बाचन हुन समेत गार्‍हो पारेको भन्दै भोलि हार्ने पक्षले सबैले मतपत्र च्यात्ने र मतपत्र च्यात्ने सँस्कार नै बस्ने भन्दै यसको विरोध जनाएको अनेरास्ववियुका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख सुदिप शर्माले बताए ।

निर्वाचन आयोगले आफ्नो निर्णय फिर्ता नलिएसम्म युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा आन्दोलन निरन्तर जारी रहने समेत प्रवक्ता शर्माले बताए ।

प्रतिकृया

प्रतिकृया