२२ जेठ,काठमाडौँ । क्रिष्टियानो रोनाल्डो मैदानमा हुन् वा मैदान बाहिर जहिले पनि चर्चाको विषय बनिरहन्छन् । शनिबार राति युभेन्टससँगको फाइनलमा दुई गोल गरेर रियल मड्रिडलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका रोनाल्डो अहिले नयाँ हेयर स्टाइलका कारण चर्चामा छन् ।

रोनाल्डोले च्याम्पियन्स लिगको ट्रफीको खुशीयाली नयाँ हेयर स्टाइलबाट मनाएका छन् । हेयर स्टाइल परिवर्तन गर्न नडराउने रोनाल्डोले आइतबार निकै छोटो बनाएर बज हेयर कट गरेका छन् । उनले नयाँ हेयर स्टाइलको तस्बिर इन्स्टाग्राममा पोष्ट गरेपछि त्यसको चर्चा चुलिएको छ ।

उनले ‘तपाईंलाई यो मन पर्‍यो ?’ क्याप्टसनसहित तस्बिर पोष्ट गरेका हुन् । उनले तस्बिर पोष्ट गरेको ११ घण्टामा ४० लाख २८ हजार भन्दा बढीले लाइक गरेका छन् ।

प्रतिकृया

प्रतिकृया