२५ जेठ, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन हप्तासम्म कांग्रेसका कसैलाई पनि मन्त्रीपरिषदमा नलैजाने बताएका छन् ।

मन्त्रालय र मन्त्रीको नाममा किचलो भएपछि बसेको पार्टीको वैठकमा सभापतिसमेत रहेका देउवाले भने,‘चुनाव नसकिएसम्म मन्त्रीको कुरा नगर्नुस्, गाउँ गएर पार्टीलाई बलियो बनाउने काममा खट्नुस् ।’

नेता रामचन्द्र पौडेल पक्षले सरकारमा मन्त्रालय टुंगो नलागेका कारण मन्त्री पठाएका छैनन् । मन्त्रीका लागि धेरै आकांक्षी रहेका छन् । पौडेलले बलबहादुर केसी, डा। नारायण खड्का, जीवन परियार, सरिता प्रसाई रामकृष्ण यादवलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

तर, देउवाले अहिले नै मन्त्री नथप्ने जवाफ दिएपछि वैठकमा विवाद भएको थियो । मन्त्रालय टुंगो लगाउन पौडेलले दबाब दिएका छन् । देउवाले आफ्ना तर्फबाट भने मिन विश्वकर्मा, रामहरि खतिवडा, भिष्म आङ्देम्बे, ध्यानगोविन्द रञ्जित, बीरबहादुर बलायरलगायतलाई मन्त्री थप्ने तयारी गरेका छन् ।

प्रतिकृया

प्रतिकृया