२७ जेठ, नवलपरासी । नेकपा एमालेका नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् ।

एमाले स्थायी कमिटी सदस्य एवम् स्कुल विभाग प्रमुख शङ्कर पोखरेलले प्रधानमन्त्रीको चुनावमा सहभागी भई मतदान गर्ने मधेसी दलका नेताहरुको स्थानीय तह निर्वाचन बहिष्कार गर्ने चेतावनी विरोधाभाषपूर्ण भएको बताए ।

स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो एजेन्डा जनताको घरघरमा पुर्याउन नसकेका कारण सोचेजस्तो जित हासिल गर्ने नसकेको बताउँदै उनले दोस्रो चरणको निर्वाचनमा पार्टीले ६० प्रतिशतभन्दा बढी स्थान जित्ने दाबी गरे ।

उनले भने, ‘अहिले दोस्रो चरणको निर्वाचनमा हामीले धेरै नै प्रचारप्रसार गरेका छौँ । सोही कारण हामी पहिलो पार्टी बन्ने पक्का छ ।’

प्रतिकृया

प्रतिकृया